ऋषि बेलायतको नयाँ प्रधानमन्त्री बन्ने
कन्जर्भेटिभ पार्टीका ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने भएका छन्।
कात्तिक ७ गते कन्जर्भेटिभ पार्टीको नेता चयन भएसँगै सुनक प्रधानमन्त्री बन्ने निश्चित भएको बीबीसीले उल्लेख गरेको छ। दलको नेतामा पेन्नी मोर्डन्टले उम्मेदवारी नदिएपछि सुनक निर्विरोध भएका हुन्।
४२ वर्षीय सुनक जोरिस बोन्सन नेतृत्वको सरकारमा अर्थमन्त्री थिए। उनी भारतीय मूलका बेलायती हुन्।
लिज ट्रसले प्रधानमन्त्री बनेको ४५ दिनमै गत साता राजीनामा घोषणा गरेका थिइन्।