झिलिमिली काठमाडौं (तस्वीरहरू)
लक्ष्मीपूजाको अघिल्लो साँझ नै काठमाडौं उपत्यका झिलिमिली बनेको छ।
दशैंपछि दोस्रो ठूलो पर्व यमपञ्चक अर्थात् तिहार कात्तिक ५ गतेदेखि नै प्रारम्भ भएको छ। आइतबार कागको पूजा गरिएको छ भने सोमबार कुकुरतिहार मनाइँदै छ।
तिथिको घटबढका कारण सोमबार नै लक्ष्मीपूजा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। विशेष गरेर लक्ष्मीपूजाको साँझ दीप प्रज्वलन गरेर झिलिमिली पार्ने गरिन्छ।
विद्युत् आपूर्ति सहज भएसँगै तिहार प्रारम्भ भएदेखि नै काठमाडौं उपत्यका झिलिमिली देखिने गरेको छ। यस वर्ष पनि लक्ष्मीपूजाको अघिल्लो साँझ नै उपत्यका झिलिमिली बनेको हो।