तस्वीरमा पीडाको अन्त्यहीन गहिराइ
कलाकारका कलाकृतिले केही न केही सङ्केत गरिरहेकै हुन्छन्। र, ती सङ्केतका निहित अर्थ पनि हुन्छन्। कलाकार फाबिने फ्रान्कटका कलाकृति हेर्दा पीडाको अन्त्यहीन गहिराइमा पुगे जस्तो हुन्छ।
पीडा कस्तो हुन्छ? यसलाई दृश्यमा देखाउन सकिन्छ? देखाउँदा कस्तो देखिन्छ? पीडालाई स्मरणले पार गर्न नसकी यसको वरिपरि घुमिरहँदा मनोदशा कस्तो हुन्छ? पीडालाई कम गर्ने पर्दा हटाउँदा कस्तो हुन्छ?
यिनै प्रश्न वरिपरि घुमेको छ बेल्जियममा जन्मिएकी कलाकार फ्रान्कटका कलाकृति। उनका कलाकृति तथा पोस्टकार्डको प्रदर्शनी पाटन संग्रहालयमा जारी छ। प्रदर्शनी कात्तिक ८ गते मंगलबारसम्म जारी रहनेछ।