मतपत्रको पृष्ठभूमिको रङ्ग सेतो हुने
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मतपत्रको पृष्ठभूमिको रङ्ग सेतो हुने निर्वाचन आयोगले जनाएको छ।
आयोगले प्रत्यक्ष र समानुपातिकतर्फका दुवै मतपत्रको पृष्ठभूमिको रङ्ग सेतो बनाएको छ। त्यसमा रहने चिह्न र अन्य विवरण भने प्रत्यक्ष र समानुपातिकतर्फ फरक फरक हुने भएका छन्।
समानुपातिकतर्फको मतपत्रमा सेतो पृष्ठभूमिमा अन्य विवरणका लागि कालो रङ्गको प्रयोग गरिएको छ। त्यस्तै, प्रत्यक्षतर्फको मतपत्रमा सेतो पृष्ठभूमिमा अन्य विवरण रातो रङ्गको राखिएको आयोगले जनाएको छ।