राजु गुरुङको नाम खारेज भएपछि रुपन्देही–२ मा १५ उम्मेदवार
नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजु गुरुङको नाम खारेज भएपछि रुपन्देही–२ मा आठ स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी कायम रहेको छ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएपछि गुरुङको उम्मेदवारी कायम नरहने भएको हो। ब्यांकिङ कसूरमा गुरुङ कालोसूचीमा परेकाले उम्मेदवारी खारेज हुने सर्वोच्चको आदेशमा उल्लेख छ।
रुपन्देही–२ बाटै हाम्रो नेपाली पार्टीबाट मनोनयन दर्ता गरेका कमल भुसाल (निकोलस)को पनि उम्मेदवारी खारेज भएको छ।
गुरुङ र भुसालको नाम खारेज भएपछि उम्मेदवारी कायम रहेका १५ उम्मेदवारः
१. नेकपा (एमाले), विष्णुप्रसाद पौडेल
२. नेपाल मजदूर किसान पार्टी, हरिसुन्दर बासी
३. राष्ट्रिय जनमुक्ति पार्टी, केशवबहादुर थापा मगर
४. नेपाली कांग्रेस (बीपी), नमादेवी गौतम जैसी
५. नेपाल दलित पार्टी, राजु शाही
६. राष्ट्रिय स्वतन्त्र पार्टी, गणेश पौडेल
७. मंगोल नेशनल अर्गनाइजेशन, दीपक थापा
८. स्वतन्त्र, सुरेन्द्र भारी
९. स्वतन्त्र, टोपबहादुर पौडेल
१०. स्वतन्त्र, रूपसिंह थापा
११. स्वतन्त्र, केशव बस्याल
१२. स्वतन्त्र, विष्णु विश्वकर्मा
१३. स्वतन्त्र, तुलसीराम यादव
१४. स्वतन्त्र, तारा घिमिरे
१५. स्वतन्त्र, प्रदीप ज्ञवाली