राष्ट्रिय खेलकूद: आर्मी १७३ स्वर्ण सहित अग्रस्थानमा
पोखरामा जारी नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तिम चरणमा आइपुग्दा विभागी टोली नेपाली सेना १७३ स्वर्णसहित अग्रस्थानमा छ।
बिहीबार अपराह्नसम्म नेपाली सेनाले १७३ स्वर्ण सहित कुल ३६९ पदक जितेको छ। दोस्रो स्थानमा रहेको सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ६२ स्वर्ण सहित २१८ पदक जितेको छ।
त्यस्तै, नेपाल पुलिस क्लब तेस्रो स्थानमा छ। पुलिसले ६१ स्वर्ण सहित १९३ पदक जितेको छ।
आयोजक गण्डकीले ३२ स्वर्ण सहित ११९, बागमतीले २२ स्वर्ण सहित १४२, प्रदेश १ ले १० स्वर्ण सहित ८३, सुदूरपश्चिमले १० स्वर्ण सहित ६३, एनआरएनएले १० स्वर्ण सहित २६, लुम्बिनीले सात स्वर्ण सहित ६८, मधेशले पाँच स्वर्ण सहित ३९ र कर्णालीले दुई स्वर्ण सहित १८ पदक जितेका छन्।
नवौं राष्ट्रिय खेलकूदको भव्य समारोहका बीच आज समापन गरिंदै छ। असोज २८ गते उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको प्रतियोगिताको प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गर्ने कार्यक्रम छ।