तस्वीरमा म्यादी प्रहरीको प्रशिक्षण
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई तालीम दिन थालिएको छ।
ललितपुरको जावलाखेलस्थित खेल मैदानमा तीन सय म्यादी प्रहरी प्रशिक्षण लिइरहेका छन्। यससँगै ललितपुरका चापागाउँ, सातदोबाटो, बाँडेगाउँ, मंगलबजार र भैंसेपाटीमा पनि म्यादी प्रहरीलाई तालीम दिन थालिएको छ।
आगामी मंसीर ४ गते हुने चुनावका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ। अहिले तालीममा रहेका उनीहरूलाई प्रहरी, सशस्त्र प्रहरी र नेपालीसँगै निर्वाचन सुरक्षामा खटाइनेछ।