यी हुन् जरिवाना नतिर्ने प्रदेश सभाका २६३ उम्मेदवार
निर्वाचन आयोगले जरिवाना नतिर्ने प्रदेश सभाका २६३ उम्मेदवारको सूची सार्वजनिक गरेको छ।
स्थानीय तहको चुनावमा निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जरिवाना तोकेको थियो। जरिवाना नबुझाएमा आगामी निर्वाचनमा उम्मेदवार हुन नपाउने आयोगले निर्णय गरेको थियो।
तथापि, उनीहरू विभिन्न राजनीतिक दलबाट आगामी प्रदेश सभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका छन्। उनीहरूलाई आयोगले आगामी कात्तिक ५ गतेभित्र जरिवाना बुझाउन समय दिएको छ। तोकिएको समयभित्र जरिवाना नबुझाएमा उम्मेदवारी खारेज गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
यसरी जरिवाना नबुझाउने उम्मेदवारको संख्या सातै प्रदेशमा २६३ रहेको छ। जसमा प्रदेश १ मा ३६, मधेश प्रदेशमा ६८, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ६१, कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिम प्रदेशमा २१ जना उम्मेदवार छन्। उनीहरू सबै समानुपातिकतर्फका उम्मेदवार हुन्।
जरिवाना नबुझाएका उम्मेदवार: