आगामी निर्वाचनमा एक करोड ७९ लाख मतदाता, कुन क्षेत्रमा कति?
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा देशभर एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन्।
सोमबार निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको हो। आयोगका अनुसार, ८८ लाख ४७ हजार ५७९ जना पुरुष, ९१ लाख ४० हजार ८०६ महिला र १८५ जना अन्य छन्।
प्रत्यक्षतर्फ प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० क्षेत्रमा निर्वाचन हुँदै छ। प्रत्यक्षतर्फ प्रदेश १ मा ५६, मधेश प्रदेशमा ६४, बागमती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र छन्।
कुन निर्वाचन क्षेत्रमा कति मतदाता?