संस्कृतिविद् सत्यमोहन जोशीको निधन
संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ।
किस्ट अस्पतालमा उपचाररत जोशीको आज बिहान ७ बजेर ९ मिनेट निधन भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकले जानकारी दिए। उनी २४ दिनअघि अस्पताल भर्ना भएका थिए।
केही दिनदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो। तीन दिनदेखि सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो। उपचारका क्रममै आज बिहान जोशीको निधन भएको हो।