प्रत्यक्षतर्फ कुन समुदायका उम्मेदवार कति?
निर्वाचन आयोगले मंसीर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खस आर्य समुदायबाट सबैभन्दा बढी उम्मेदवारी परेको जनाएको छ।
आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुने १६५ सिटका प्रतिनिधिसभा सदस्यका लागि २ हजार ४१२ जनाको उम्मेदवारी परेको छ। जसमध्ये खस आर्य समुदायका १ हजार १७ जना छन्। सबैभन्दा कम थारु समुदायबाट १०० जनाको उम्मेदवारी परेको छ।
प्रत्यक्षबाट निर्वाचित हुने प्रदेशसभा सदस्यमा ३ हजार २२४ जनाको उम्मेदवारी कायम छ। उनीहरू खस आर्य समुदायका एक हजार ५५ जना छन्।