दाहाल र राउत सहित ६ जनासँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण
निर्वाचन आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगले आठ वटा संस्था र ६ जनासँग स्पष्टीकरण मागेको छ।
आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, जनमत पार्टीका अध्यक्ष सीके राउत सहित ६ जनासँग स्पष्टकरण मागेको हो। त्यस्तै, आयोगले अर्थ मन्त्रालय, बीमा समिति, प्रज्ञा प्रतिष्ठान लगायत आठ संस्थासँग पनि आयोगले स्पष्टीकरण मागेको छ।
स्पष्टीकरण मागिएका व्यक्तिहरू
१) पुष्पकमल दाहालः अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
२) चन्दाकान्त राउतः अध्यक्ष, जनमत पार्टी
३) जलन्धरसिंह जैसवारः नगरप्रमुख, पचरौता नगरपालिका
४) गोकुल वस्तीः अधिकृत सातौं, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र,
५) अनन्तराज घिमिरेः अध्यक्ष, हाम्रो नेपाल पार्टी
६) बद्री मैनालीः उम्मेदवार, प्रतिनिधि सभा सदस्य, नुवाकोट १
स्पष्टीकरण मागिएका संस्थाहरू
१) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
२) अर्थ मन्त्रालय
३) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
४) शहरी विकास मन्त्रालय
५) नेपाल प्रज्ञा–प्रतिष्ठान
६) धितोपत्र बोर्ड
७) बीमा समिति
८) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश