कांग्रेसलाई जसपाको जवाफ, मधेशका मन्त्री बर्खास्त
संघीय सरकारमा सहभागी आफ्ना मन्त्री बर्खास्त गरेको २४ घण्टा नबित्दै जनता समाजवादी पार्टी (जसपा)ले पनि मधेश सरकारमा सहभागी कांंग्रेसका मन्त्रीलाई हटाएको छ।
मुख्यमन्त्री लालबाबु राउतले मधेश सरकारमा सहभागी कांग्रेसका तीन जना मन्त्रीलाई शुक्रबार बर्खास्त गरेका छन्। भौतिक पूर्वाधार मन्त्री राम सरोज यादव, खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्री वीरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गरिएको हो।
मुख्ममन्त्री राउतको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले तीनै मन्त्रीलाई पदमुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुघन यादवले बताए।
सत्ता गठबन्धनमा रहेको जसपाले नेकपा (एमाले)सँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २७ गते संघीय सरकारमा सहभागी जसपाका चार मन्त्रीलाई बर्खास्त गरेका थिए।