प्रधानमन्त्री देउवाद्वारा चार मन्त्री बर्खास्त
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी चार जना मन्त्रीलाई हटाएका छन्।
जसपाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले चार जना मन्त्रीलाई बर्खास्त गरेका हुन्।
प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पदबाट हटाइएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन्।
यस्तै, गोविन्दप्रसाद शर्मा कोइरालाले सम्हाल्दै आएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइएको घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।