गठबन्धनको उम्मेदवारी खारेज भएको रुपन्देही-२ मा कुन पार्टीको, कति मत?
२०७४ सालमा रुपन्देही २ मा प्रतिस्पर्धा गरेका दलहरूले ५७ देखि ४४ हजार ९ मतसम्म पाएका थिए।
सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको उम्मेदवारी खारेज भएपछि रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ चर्चामा छ। यो क्षेत्रमा नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले उम्मेदवारी दिएका छन्। पौडेल अघिल्लो चुनावमा यही क्षेत्रबाट निकटम प्रतिस्पर्धीले भन्दा दोब्बर बढी मत ल्याएर निर्वाचित भएका थिए।
ब्यांकिङ कसुर सम्बन्धी मुद्दामा दोषी ठहर भएका गुरुङको उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धन अब कसलाई समर्थन गर्दा फाइदा हुन्छ भन्ने जोड–घटाउमा लागेको छ।
निर्वाचन आयोगका अनुसार यो क्षेत्रमा ८ स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी कायम छ।
१ नेकपा (एमाले), विष्णुप्रसाद पौडेल
२ नेपाल मजदुर किसान पार्टी, हरिसुन्दर बासी
३ राष्ट्रिय जनमुक्ति पार्टी, केशवबहादुर थापा मगर
४ नेपाली कांग्रेस (बीपी), नमादेबी गौतम जैसी
५ नेपाल दलित पार्टी, राजु शाही
६ राष्ट्रिय स्वतन्त्र पार्टी, गणेश पौडेल
७ मंगोल नेशनल अर्गनाईजेसन, दीपक थापा
८ स्वतन्त्र, सुरेन्द्र भारी
९ स्वतन्त्र, टोपबहादुर पौडेल
१० स्वतन्त्र, रुपसिंह थापा
११ स्वतन्त्र, केशव बस्याल
१२ स्वतन्त्र, विष्णु विश्वकर्मा
१३ स्वतन्त्र, तुलसीराम यादव
१४ स्वतन्त्र, तारा घिमिरे
१५ स्वतन्त्र, प्रदीप ज्ञवाली
२०७४ को निर्वाचनमा रुपन्देही २ मा १० दल सहित १६ जना उम्मेदवार थिए। अघिल्लो संसदीय निर्वाचनमा दलहरू पाएको मतः
१ नेकपा (एमाले) ४४००९
२ नेपाली कांग्रेस २१९४६
३ राष्ट्रिय जनमुक्ति पार्टी ३५६८
४ विवेकशील साझा १३२३
५ संघीय समाजवादी फोरम ४३५
६ नयाँ शक्ति पार्टी ४११
७ राष्ट्रिय जनमोर्चा ३७७
८ देशभक्त गणतान्त्रिक मोर्चा १६०
९ एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी १२०
१० नेपाल मजदुर किसान पार्टी ५७