सेप्टिक ट्यांकमा निसास्सिएर चार जनाको मृत्यु
मोरङको सुनवर्षी नगरपलिका ९ डाइनियास्थित मुसलमान टोलमा मस्जिदको निर्माणाधीन शौचालयको सेप्टिक ट्यांकमा निसास्सिएर चार जनाको मृत्यु भएको छ ।
शनिबार अपरान्ह ४ बजे एक जना बेहोस भएको देखेर निकाल्न गएका अर्का र उद्धारका लागि गएका सबैको ज्यान गएको प्रहरीले बताएको छ । थप तीन जना बेहोस भएका छन् ।
कामदारलाई उद्धार गर्न उनीहरु पालै पालो सेप्टिक ट्यांकमा प्रवेश गरेका थिए ।
इलाका प्रहरी कार्यालय रंगेलीका निरीक्षक कबिन्द्र कार्कीका अनुसार मृत्यु हुनेमा सुनवर्षी ९ का कपिल आलम (४५) मोहम्मद.फिरोज (२०), मोहम्मद सहनवाद (१९) र मोहम्मद.ओसिब आलम (२२) छन् ।
छोरा फिरोज बेहोस भएको देखेर कपिल भित्र पसेका थिए । बाबुछोरा दुबैको मृत्यु भएको छ ।
उनीहरुलाई गोल्डेन अस्पताल विराटनगर ल्याई पु¥याइएकोमा अपरान्ह ६ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।
बेहोसहरुलाई मुखले स्वास दिने क्रममा बेहोस भएका दाउद मिया (४०) को भने उपचार भई रहेको छ ।
बाँकी ३ जना उपचारपछि घर गएको प्रहरीले जानकारी दिएको छ ।