दीपक मनाङे प्रदेश सांसदमा निर्विरोध
राजीव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।
पूर्व प्रदेश मन्त्री मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। अर्का उम्मेदवार दोर्जे लामा गुरुङले नाम फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएको एक प्रमुख निर्वाचन आयुक्तले जानकारी दिए। उनले भने, “औपचारिक घोषणा हुन बाँकी छ।”
नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका कुनै पनि दलले मनाङे विरुद्ध उम्मेदवारी दिएका थिएनन्।