बर्दिया–२ मा उन्मुक्ति पार्टीले रेशम चौधरीका बुबालाई सघाउने
रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले रेशमका बुबा लालवीर चौधरीलाई समर्थन गर्ने भएको छ।
टीकापुर घटनामा दोषी ठहर भएर सजाय भोगिरहेकाले रेशमलाल चौधरीले वारेस मार्फत बर्दिया–२ मा दर्ता गराएको उम्मेदवारी असोज २५ गते खारेज भएको थियो। रेशमले आफ्नै श्रीमती रन्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक पार्टीबाट उम्मेदवारी दिएका थिए।
आफ्नो पार्टीले रेशमका बुबा लालवीरलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले बताइन्। लालवीरले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
२०७४ को निर्वाचनमा लालवीर नेकपा (एमाले) कैलाली–१ मा प्रदेश सभा सदस्य उम्मेदवार थिए।
त्यस्तै, लक्ष्मण थारूको उम्मेदवारी खारेज भएपछि कैलाली–५ मा नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवार जगदीश चौधरीलाई समर्थन गर्ने भएको छ। टीकापुर घटनामा दोषी ठहर भएका थारू फरार सूचीमा छन्।