पहिरोबाट ४२ जना विस्थापित, २१ परिवार प्रभावित
पाँचथरमा पहिरोका कारण सात घरपरिवार विस्थापित बनेका छन् ।
पहिरोले याङवरक गाउँपालिका २ का अन्य १४ परिवार प्रभावित बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार १० असारमा गएको पहिरोले फलैचाका मुक्लाबुका सन्तोष बेघा, मिलन माङ्मु, दलबहादुर चौहान, लालबहादुर चौहान, पहलमान राई, जसबहादुर राई र राजेश राईको परिवार विस्थापित भएको छ ।
विस्थापित सात परिवारका ४२ सदस्य अहिले बस्तीभन्दा माथि डुँडे चौरमा बसेका छन् ।
वडाध्यक्ष देउकुमार योङहाङका अनुसार रातिबाट पहिरो जान थालेपछि स्थानीय घर छोडेर भागेका थिए ।
चालू आर्थिक वर्षमा अरु मानव बस्तीबाट छ घण्टाको पैदल दूरीमा रहेको बर्मे भन्ने स्थानमा मोटरबाटो पुर्याउन यहाँको सन्त गोलाइ भन्ने स्थानबाट सेपी–चिङ्मा हुँदै मोटरबाटो निर्माण गरिएको छ ।
वडासदस्य राईका अनुसार वर्षा भइरहे सेपी र बेतेनीका करीब ९० घर परिवार आ–आफ्नो घरमा बस्न सक्ने अवस्था छैन ।
पहिरोबाट २५ किलोवाट क्षमताको मेजर चिङ्मा रवि खोला लघु लजविद्युत् आयोजनाको इन्टेक, पावर हाउसलगायत अधिकांश संरचनामा क्षति पुगेको छ।
डुँडे चौरमा आश्रय लिएर बसेका पीडितलाई याङवरक गाउँपालिका, पाँचथर उद्योग वाणिज्य सङ्घ र नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाले राहत सामग्री प्रदान गरेका छन् ।