कांग्रेस केन्द्रीय कार्यालयमा शेखर पक्षको धर्ना (तस्वीरहरू)
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका नेता तथा कार्यकर्ता आफ्नै पार्टीको केन्द्रीय कार्यालयमा धर्नामा बसेका छन्।
प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउँदा सभापति शेरबहादुर देउवाले आफ्नो पक्षका मात्रै नाम पठाएको भन्दै डा. कोइराला पक्षले विरोध गर्दै आएको छ। समानुपातिक सूची सच्याउन माग गर्दै आन्दोलनको घोषणा गरेको छ।
आन्दोलनको पहिलो दिन डा. कोइराला पक्षले पार्टी केन्द्रीय कार्यालय, सानेपामा धर्ना शुरू गरेको हो। नेता गुरु घिमिरे सहित कांग्रेस नेता तथा कार्यकर्ता धर्नामा बसेका छन्।
असोज १० गते बसेको डा. कोइराला पक्षको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको थियो। जस अनुसार, आज पहिलो दिन पार्टी कार्यालयमा धर्नामा बसेका छन् भने भोलि बत्तीसपुतलीमा विरोध सभा गर्ने भएका छन्।