असोज १२ देखि निर्वाचन आचारसंहिता लागू, के के गर्न पाइँदैन?
निर्वाचन आयोगले मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आचारसंहिता असोज १२ गतेदेखि लागू गरेको छ।
आयोगका सचिव गोकर्णमणि दवाडीले निर्वाचन सम्बन्धी कानून तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नका लागि निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई मंगलबार ६० बुँदे निर्देशन समेत जारी गरेको जानकारी दिए।
संवैधानिक निकाय, सरकार, मन्त्री, सार्वजनिक पदमा बसेका व्यक्ति, कर्मचारी, सञ्चारकर्मी, मतदाता, राजनीतिक दल, उम्मेदवार, शिक्षक लगायतले आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ।
आचारसंहितामा सरकारी तथा सार्वजनिक निकाय, संघसंस्था आदिले आफ्नो साधनस्रोत कुनै पनि दल वा उम्मेदवारको समर्थन वा विरोधमा प्रयोग गर्न नहुने, निर्वाचन आयोगले सञ्चालन गरेको निर्वाचन व्यवस्थापन कार्यक्रममा अवरोध गर्न नहुने, उम्मेदवारले निर्वाचन चिह्न अङ्कित ज्याकेट, भेस्ट, कमीज, टोपी, झोला आदि प्रयोग गर्न नहुने उल्लेख छ।
आचारसंहिताको पूर्ण पाठ