निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने
आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले भोलिदेखि आचारसंहिता लागू गर्दै छ।
असोज १२ गतेदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय भएको आयोगले जनाएको छ। आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोग हुने अपेक्षा लिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।
निर्वाचनका लागि राजनीतिक दलहरूले असोज २ र ३ गते समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाइसकेका छन्। बन्दसूचीमा पेश गरिएको नाम असोज १६ गतेसम्म सच्याउन सकिने कार्यतालिका छ। प्रत्यक्ष निर्वाचनतर्फका लागि असोज २३ असोजमा उम्मेदवारको मनोनयन गर्ने कार्यसूची छ।
निर्वाचन आचारसंहितको पूर्ण पाठ