राष्ट्रपतिद्वारा दुई वटा विधेयक प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्ले पारित गरेर पठाएका दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन्।
शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक असोज ९ गते प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति मार्फत जानकारी दिएका छन्।
यससँगै राष्ट्रपति भण्डारीले मंसीर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेकी छन्।