डा. गोविन्द केसीले तोडे सत्याग्रह
स्वास्थ्य सेवा सुधारका लागि उठाएका माग सम्बोधन गर्न सरकार सहमत भएपछि डा. गोविन्द केसीले सत्याग्रह तोडेका छन्।
डा. केसीले शनिबार साँझ १३औं दिनमा सत्याग्रह तोडेका हुन्। उनले त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीको हातबाट जूस पिएर सत्याग्रह तोडेका हुन्।
यसका लागि सरकारले उनीसँग १० बुँदे सहमति गरेको छ। सहमति पत्रमा डा. केसी र सरकारका तर्फबाट गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन्।
यसअघि सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन गर्न माग गर्दै उनले गत भदौ २७ गते धनगढीबाट सत्याग्रह शुरू गरेका थिए। उनको स्वास्थ्यमा समस्या आएपछि काठमाडौं ल्याइएको थियो।
डा. केसी र सरकारबीच भएको सहमति: