न्यूरोड गेटबाट चारपाङ्ग्रे गाडी प्रवेशमा रोक
काठमाडौंको न्यूरोड क्षेत्रमा असोज ८ गतेदेखि चारपाङ्ग्रे सवारी साधन प्रवेशमा रोक लगाइएको छ।
दशैंको वेला हुने सवारी चापलाई मध्यनजर गरेर यात्रुवाहक, मालवाहक तथा निजी चारपाङ्ग्रे सवारी साधनहरू फूलपातीको दिनसम्म प्रवेश निषेध गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी, कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार, न्यूरोड क्षेत्रमा जाने गाडीलाई खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको छ।