‘प्रमाणीकरण नगर्नु संविधान विपरीत तर राष्ट्रपतिले उठाएका कतिपय कुरामा सहमत छौं’
नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नागरिकता विधेयक प्रमाणाीकरण नगर्नु संविधान विपरीत भए पनि राष्ट्रपतिले उठाएका कतिपय सरोकारमा आफ्नो सहमति भएको जनाएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण गर्न अस्विकार गरेको भोलिपल्ट असोज ५ गते नेता श्रेष्ठले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
“नागरिकता विधेयक्रकको प्रक्रिया र अन्तर्निहित मुध्दाहरूका सम्बन्धमा राष्ट्रपतिज्युले सरोकार देखाउनु भएका कतिपय बिचारहरूसँग हाम्रो सहमति छ” उपाध्यक्ष श्रेष्ठले लेखेका छन्, “तर राष्ट्रपतिलाई संविधानको उलङ्घन गर्ने छुट भने हुन सक्दैन। तशर्थ राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगर्नु संविधान बिपरीतको गलत कदम हो।”