नागरिकता विधेयक विवाद: राष्ट्रपतिलाई जनमोर्चाको साथ!
सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा नागरिकता विधेयक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा देखिएको छ।
विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णयको विपक्षमा सत्ता साझेदार चार दलले संयुक्त विज्ञप्ति जारी गर्दा जनमोर्चाले भने त्यसमा असहमति जनाएको हो।
‘चार दलको विज्ञप्तिमा यहाँको पार्टीको हस्ताक्षर छैन नि?’ भन्ने हिमालखबरको प्रश्नमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, “गठबन्धन भन्ने बित्तिकै सबै कुरामा सहमति हुन्छ भन्ने छैन।”
नागरिकता ऐन संशोधन गर्ने विधेयक प्रमाणीकरण अस्वीकार गर्ने राष्ट्रपतिको निर्णयलाई जनमोर्चा सकारात्मक रुपमा लिएको देखिन्छ। अध्यक्ष केसीले भने, “नागरिकता विधेयकमा शुरूदेखि नै हाम्रो विरोध थियो, त्यही भएर राष्ट्रपति प्रमाणीकरण नगरे पनि विरोध नगरेका हौं।”
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्तारुढ चार दलले भने विरोध जनाएका छन्।