राष्ट्रपतिको समर्थनमा अनेरास्ववियूको प्रदर्शन
नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूले राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा प्रदर्शन गरेको छ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै अनेरास्ववियूले असोज ५ गते प्रदर्शन गरेको हो। काठमाडौंको घण्टाघर, प्रदर्शनीमार्ग लगायत क्षेत्रमा प्रदर्शन गरिएको अनेरास्ववियूले जनाएको छ।
संसद्ले प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिले दोस्रो पटक प्रमाणीकरण गर्न अस्विकार गरेकी हुन्। प्रदर्शनकारीले ‘नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमलाई हार्दिक धन्यवाद, राष्ट्र र राष्ट्रियताको पक्षमा सतिसाल झै उभिने राष्ट्रपतिलाई सलाम’ लेखिएका प्लेकार्ड बोकेका थिए।