तस्वीरमा नेपालको फाइनल संघर्ष
साफ महिला च्याम्पियनशिपको फाइनलमा बाङ्लादेशसँग पराजित हुँदै नेपाल उपविजेतामै सीमित रह्यो।
काठमाडौंको दशरथ रङ्गशालामा सोमबार साँझ भएको फाइनलमा बाङ्लादेशले नेपाललाई ३-१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको छ। नेपाल पाँचौं पटक फाइनलमा पराजित भएको हो।
यसअघि पाँच पटक भारतले उपाधि जितेको थियो। यस पटक बाङ्लादेश नयाँ च्याम्पियन बनेको छ।