बालेनलाई साढे सात लाख जरिवाना, को-को परे कारबाहीमा?
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई निर्वाचन आयोगले साढे सात लाख रुपैयाँ जरिवाना गरेको छ।
निर्वाचन खर्च विवरण नबुझाएका महानगरका मेयर र उपमेयरका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना गरेको हो। काठमाडौंका महानगरका मेयर बालेनले पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन्।
त्यस्तै, ६ वटा महानगरमध्ये पाँच वटा महानगरका मेयर पनि जरिवानामा परेका छन्। ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले मात्रै निर्वाचन खर्च विवरण बुझाएका छन्।
विराटनगर महानगरका मेयर नागेश कोइराला, वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह, भरतपुर महानगरकी मेयर रेणु दाहाल र पोखरा महानगरका मेयर धनराज आचार्यलाई पनि आयोगले साढे सात लाखका दरले जरिवाना गरेको छ।
आयोगले खर्च विवरण नबुझाउने महानगरका मेयर र उपमेयरका २०८ जना उम्मेदवारलाई साढे सात लाखका दरले जरिवाना गरेको हो।
जरिवानामा परेका उम्मेदवार: