साफले पायो नयाँ च्याम्पियन
छैटौं साफ महिला च्याम्पियनशिपमा नयाँ टोली विजेता बनेको छ।
काठमाडौंको दशरथ रङ्गशालामा नेपाललाई पराजित गर्दै बाङ्लादेश विजेता बनेको हो। बाङ्लादेशले नेपाललाई ३-१ गोल अन्तरले पराजित गरेको छ।
बाङ्लादेशलाई सम्सुन्धरले खेलको १४औं मिनेटमै अग्रता दिलाएकी थिइन्। त्यसपछि के. सरकारले ४२औं मिनेटमा गोल गरिन्।
दोस्रो हाफमा भने नेपालले एक गोल गर्यो। नेपालका लागि अनिता बस्नेतले ७०औं मिनेटमा गोल गरिन्।
लगत्तै ७६औं मिनेटमा के. सरकारले नै दोस्रो गोल थपेर बाङ्लादेशलाई ३-१ को जित सुनिश्चित गरिन्।
बाङ्लादेश पहिलो पटक साफ च्याम्पियन बनेको हो। यसअघि भएका पाँच वटा प्रतियोगिता भारतले जितेको थियो।
नेपाल पाँचौं पटक पनि उपाधि जित्नबाट चुकेको छ। यसअघि चार पटक फाइनलमा भारतसँग पराजित भएको थियो।