निर्वाचन पर्यवेक्षणका लागि ३६ संस्थालाई अनुमति (सूची)
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पर्यवेक्षण गर्न ३६ संस्थाले अनुमति पाएका छन्।
निर्वाचन आयोगले सोमबार निर्वाचन पर्यवेक्षणका लागि अनुमति दिएको हो। आयोगका अनुसार, दुई वटा अन्तर्राष्ट्रिय र ३४ वटा राष्ट्रिय संस्थाले पर्यवेक्षण गर्न पाउने भएका छन्।
अन्तर्राष्ट्रिय संस्थामा सार्क ह्युमन राइटस् फाउन्डेशन र एशियन नेटवर्क फर फ्री इलेक्शन छन्।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आगामी मंसीर ४ गते हुँदै छ। त्यसका लागि आयोगले निर्वाचन प्रक्रिया शुरू गरिसकेको छ।