फाइनलका लागि अञ्जिलाको नेतृत्वमा ‘प्लेइङ ११’ तय
साफ महिला च्याम्पियनशिपको फाइनलका लागि नेपालको ‘प्लेइङ ११’ टोली तय गरिएको छ।
अञ्जिला तुम्बापो सुब्बाको नेतृत्वमा ‘प्लेइङ ११’ टोली तय गरिएको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ। यसमा गीता राना, पुनम जर्घामगर, अमृत जैसी, हिराकुमारी भुजेल, अनिता बस्नेत, सरू लिम्बू, दीपा शाही, अनिता केसी, प्रीति राई र रश्मिकुमारी घिसिङ छन्।
मुख्य प्रशिक्षक कुमार थापाले फाइनल खेलका लागि ‘प्लइङ ११’ चयन गरेका हुन्। सब्स्टिच्यूटमा अञ्जना रानामगर, उषा नाथ, विमला विक, निशा थोकर, समीक्षा घिमिरे, इन्दिरा राई, मञ्जली योञ्जन, विमला चौधरी, दीपा राई, रेखा पौडेल, अमिशा कार्की र सावित्रा भण्डारी रहेका छन्।
नेपाल र बाङ्लादेशबीच फाइनल खेल आज साँझ ५ बजे दशरथ रङ्गशालामा हुनेछ।