पेप्सीले ल्यायो नयाँ ‘मोर फिंज’
पेप्सीले ‘मोर फिंज’ नाम दिएर नयाँ पेप्सी बजारमा ल्याएको छ।
नयाँ परिमार्जित पेप्सीमा बढी फिंज आउने, जसले यसभन्दा पहिले नपाइएको स्वाद प्रदान गर्ने कम्पनीले जनाएको छ। यसको स्फूर्तिदायी नयाँ फर्मुलेशनको कारण उपभोक्तालाई सन्तुष्ट पार्ने कम्पनीले जनाएको छ।
नयाँ ‘मोर फिंज’ पेप्सीको एक कार्यक्रमबीच सद्भावनादूत तथा कलाकार प्रदीप खड्काको उपस्थितिमा सार्वजनिक गरिएको छ।
नेपालमा आगामी दिनमा हुने ‘मोर फिंज, मोर स्वाग’ अभियानले सम्पूर्ण नयाँ पेप्सीका लागि स्फूर्तिदायी अनुपातलाई बढी जोड दिने कम्पनीले जनाएको छ।