निर्वाचन प्रक्रिया शुरू‚ आज र भोलि समानुपातिकको बन्दसूची पेश गर्ने कार्यतालिका
आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रक्रिया आजदेखि शुरू भएको छ।
राजनीतिक दलहरूले असोज २ र ३ गते समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेश गर्ने कार्यतालिका छ।
दलहरूले बन्दसूची तयार गर्दा कुल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिने गरी तयार पार्नुपर्छ। बन्दसूचीमा बढीमा ११० जना उम्मेदवार चयन हुनुपर्छ। बन्दसूची संशोधन गर्न असोज १० देखि १६ गतेसम्मको समय दिइएको निर्वाचन आयोगले जनाएको छ।
संघीय संसद्मा समानुपातिकबाट ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुनेछन्। प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम असोज २३ गतेदेखि शुरू हुनेछ।