यी हुन् टिकट पक्का भएका एमालेका ५६ नेता
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिश भएका नाममाथि छानबिन थालेको छ।
आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि एमालेले निर्वाचन क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटी मार्फत उम्मेदवार सिफारिश गर्न निर्देशन दिएको थियो। जस अनुसार, एमालेले देशभरका निर्वाचन क्षेत्रको उम्मेदवारका आकांक्षीको नामावली सङ्कलन गरेको छ। मातहतका कमिटीबाट सिफारिश भएर आएका उम्मेदवारको नाममाथि छानबिन भइरहेको एमालेले जनाएको छ।
देशभरका १६५ वटा प्रतिनिधि सभा र ३३० वटा प्रदेश सभाका लागि हुन गइरहेको निर्वाचनका लागि एमालेले तीन जनाको नाम सिफारिश गर्न भने पनि केही ठाउँबाट एकल उम्मेदवार सिफारिश भएका छन्। धेरै ठाउँबाट भने तीनभन्दा बढी उम्मेदवारको नाम सिफारिश भएको छ।
मातहतका कमिटीबाट आएका सिफारिश अन्तिम नभएर केन्द्रले आवश्यकता अनुसार हेरफेर गर्न सक्ने एमाले स्रोतको भनाइ छ। आमरूपमा सर्वसम्मत भएका नामको हकमा पार्टीमा विवाद नभएको अवस्थामा भने सोही कायम हुनेछ।
देशभरबाट उम्मेदवार सिफारिश गर्ने क्रममा एमालेले ५६ जना उम्मेदवारको नाम सर्वसम्मतिले एकल रूपमा सिफारिश गरेको छ। जसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि अधिकांश पदाधिकारी समेत छन्।
अध्यक्ष ओली झापा ५ बाट, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं ५ बाट, उपाध्यक्ष सुवास नेम्वाङ इलाम २ बाट र विष्णुप्रसाद पौडेल रुपन्देही २ बाट एकल रूपमा सिफारिश भएका छन्। त्यस्तै, एमाले नेता भीम रावल अछाम १ बाट एकल सिफारिश भएका छन्।
एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट, उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी १ बाट, सचिव टोपबहादुर रायमाझी अर्घाखाँचीबाट, सचिव लेखराज भट्ट कैलाली ४ बाट एकल सिफारिशमा परेका छन्।
एकल सिफारिश भएका एमाले नेताहरू:
१) झापा १ : रविन कोइराला
२) झापा ५ : केपी शर्मा ओली
३) इलाम १ : महेश बस्नेत
४) इलाम २ : सुवास नेम्वाङ
५) मोरङ २ : ऋषिकेश पोखरेल
६) मोरङ ३ : भानुभक्त ढकाल
७) मोरङ ४ : विनोद ढकाल
८) सुनसरी १ : जयकुमार राई
९) सुनसरी ३ : भगवती चौधरी
१०) धनकुटा : राजेन्द्र राई
११) सोलु : मानवीर राई
१२) पर्सा ३ : राजकुमार गुप्ता
१३) बारा २ : बलवीर चौधरी
१४) बारा ४ : देवनारायण चौधरी
१५) रौतहट ३ : प्रभु साह
१६) सर्लाही २ : राजनारायण साह
१७) धनुषा ३ : जुली महतो
१८) धनुषा ४ : रघुवीर महासेठ
१९) सिराहा ३ : लीलानाथ श्रेष्ठ
२०) काभ्रे २ : गोकुल बाँस्कोटा
२१) काठमाडौं २ : मणिराम फुयाँल
२२) काठमाडौं ३ : कृष्ण राई
२३) काठमाडौं ४ : राजन भट्टराई
२४) काठमाडौं ५ : ईश्वर पोखरेल
२५) नुवाकोट १ : बद्री मैनाली
२६) चितवन ३ : रामप्रसाद न्यौपाने
२७) नवलपुर २ : तिलकबहादुर महत
२८) म्याग्दी : हरिकृष्ण श्रेष्ठ
२९) मनाङ : पाल्देन छोपाङ गुरुङ
३०) पाल्पा २ : ठाकुर गैरे
३१) गुल्मी १ : प्रदीप ज्ञवाली
३२) अर्घाखाँची : टोपबहादुर रायमाझी
३३) प्युठान : सूर्य थापा
३४) दाङ २ : शंकर पोखरेल
३५) कपिलवस्तु २ : बृजेशकुमार गुप्ता
३६) कपिलवस्तु ३ : मङ्गलप्रसाद गुप्ता
३७) रुपन्देही १ : छविलाल विश्वकर्मा
३८) रुपन्देही २ : विष्णुप्रसाद पौडेल
३९) रुपन्देही ४ : कृष्णप्रसाद भुसाल
४०) रुपन्देही ५ : खिमलाल भट्टराई
४१) रोल्पा : पूर्ण बुढा मगर
४२) डोल्पा : बम्दीकुमारी बोहरा
४३) हुम्ला : दल रावल
४४) मुगु : मोहन बानियाँ
४५) जुम्ला : रतननाथ योगी
४६) कालिकोट : नागिन्द्र शाही
४७) सल्यान : गुलावजंग शाह
४८) दार्चुला : गणेश ठगुन्ना
४९) बैतडी : दामोदर भण्डारी
५०) डेडल्धुरा : पठानसिंह बोहरा
५१) डोटी : चक्र मल्ल
५२) अछाम १ : भीम रावल
५३) अछाम २ : यज्ञराज बोगटी
५४) कैलाली ३ : गौरीशंकर चौधरी
५५) कैलाली ४ : लेखराज भट्ट
५६) कैलाली ५ : नारदमुनी राना