दशैंका लागि नयाँ नोट सटही (तस्वीरहरू)
नेपाल राष्ट्र ब्यांकले दशैंका लागि नयाँ नोट साट्न शुरू गरेसँगै ब्यांकहरूमा सर्वसाधारणको घुइचो लाग्न थालेको छ।
दशैं, तिहार र छठका लागि राष्ट्र ब्यांकले भदौ २९ गतेदेखि नयाँ नोट साट्न शुरू गरेको हो। राष्ट्र ब्यांकसँगै राष्ट्रिय वाणिज्य ब्यांक, नेपाल ब्यांक र कृषि विकास ब्यांकले पनि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा उपलब्ध गराएका छन्।
अहिले १८ हजार पाँच सय रुपैयाँ बराबरका नयाँ नोट साट्न सकिनेछ। यसमा पाँचदेखि एक सय रुपैयाँसम्मको एक-एक बन्डल उपलब्ध हुने राष्ट्र ब्यांकले जनाएको छ।
यसवर्ष असोज १० गते घटस्थापना र असोज १९ गते विजया दशमी रहेको छ। दशैंको टीका लगाएर नयाँ नोट दिने प्रचलन रहेको छ।