काठमाडौंको सार्वजनिक स्थलमा असोजदेखि धूमपान निषेध
काठमाडौं महानगरपालिकाको सार्वजनिक स्थलमा असोज १ गतेदेखि धूमपान गर्न नपाइने भएको छ।
महानगरपालिकाले भदौ ३० गते सूचना जारी गरी आगामी असोज १ देखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गरेन निषेध गरिएको जानकारी दिएको छ। सार्वजनिक स्थललाई धूमपानमुक्त बनाउन सहयोग गरिदन महानगरले आग्रह गरेको छ।
कानून, सदाचार र सार्वजनिक हित तथा भलाइका दृष्टिले सार्वजनिक स्थललाई धूमपानमुक्त बनाउने जारी गरिएको सूचनाको उल्लंघन गरे सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार कारबाही गरिने महानगरले जनाएको छ। सार्वजनिक स्थलमा धूमपान गरे उक्त व्यक्तिलाई त्यहाँबाट निकाल्ने वा १०० रुपैयाँ जरिवाना वा दुवै सजाय हुने ऐनमा प्रावधान छ।
कस्ता ठाउँलाई सार्वजनिक स्थल मानिन्छ?