नेपाली वृत्तचित्रलाई इटालीमा पुरस्कार
नेपाली वृत्तचित्र सर्भाइभल: लिभिङ थ्रु कोभिड इटालीमा पुरस्कृत भएको छ।
इटालीमा आयोजित अल्बोरी सोलप्लेस फिल्म फेस्टिभलमा नेपाली फिल्मले ‘उत्कृष्ट छायाङ्कन’ विधामा पुरस्कार पाएको हो। अफजल खानद्वारा निर्देशित तीन मिनेट ५० सेकेन्ड लामो वृत्तचित्रको छायाङ्कन सकृय श्रेष्ठले गरेका हुन्। यसको निर्माण ड्रिम भिजनले गरेको हो।
कोभिड–१९ महामारीमा नेपालीले भोगेका समस्या, बाँच्नका लागि गरेका संघर्ष र कोभिडलाई जितेको भोगाइ वृत्तचित्रमा देखाइएको निर्देशक एवं निर्माता किशोर श्रेष्ठले बताए।
वृत्तचित्रमा संवादको प्रयोग नगरी नै कोभिड जस्तो महामारीबीच मानिसले गरेका संघर्ष र जीवन उत्थानशीलतालाई देखाइएको उनले बताए।
यो वृत्तचित्रले यसअघि फ्रान्सको कान्स फिल्म फेस्टिभलमा पनि ‘उत्कृष्ट कोभिड विषयक चलचित्र’ विधामा पुरस्कार पाएको थियो।