नेपाली बजारमा हिरोको नयाँ सुपर स्प्लेन्डर
विश्वको सबैभन्दा ठूलो मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको छ।
प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथ नयाँ हिरो सुपर स्प्लेन्डर सुपर-पावर, सुपर-माइलेज र सुपर-कम्फर्टको तेब्बर (ट्रिपल) प्रतिज्ञाका साथ ल्याएको जनाइएको छ।
यसलाई नयाँ डिजी-एनालग क्लस्टर, इन्टिग्रेटेड यूएसबी चार्जर, साइड-स्ट्यान्ड इन्जिन कट-अफ र रिफ्रेस लुकजस्ता रोमाञ्चक नयाँ सुविधाले पावर-प्याक गरिएको छ।
यो मोटरसाइकल देशभरका हिरो मोटोकर्पका डिलरमा दुई लाख ६६ हजारमा उपलब्ध हुनेछ। नेपालमा ८२ डिलरसीप, ९३ सर्भिस सेन्टर र ९१ भन्दा बढी स्पेयर पार्टस् आउटलेटसहित २६६ भन्दा बढी सम्पर्क स्थानमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।