चिनियाँ जनकंग्रेस अध्यक्ष भक्तपुर दरबार क्षेत्रमा (तस्वीरहरू)
नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शुले भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन्।
उनले बुधबार विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका हुन्। उनको स्वागतमा दरबार क्षेत्रको डबलीमा भैरव प्याँख नाच प्रदर्शन गरिएको छ।
अध्यक्ष लीले भक्तपुर दरबार क्षेत्रसँगै पचपन्न झ्याले दरबार, स्वर्णद्वार, सुन्धाराको अवलोकन गरेका छन्। उनले भूकम्पले सांस्कृतिक सम्पदामा पारेको क्षतिका विषयमा पनि जानकारी लिएका थिए।