तीनकुने-कोटेश्वर क्षेत्रमा महानगरले चलायो डोजर (तस्वीरहरू)
काठमाडौंको तीनकुने-कोटेश्वर क्षेत्रमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।
तीनकुने-कोटेश्वर क्षेत्रमा अनधिकृत रुपमा निर्माण गरिएको भौतिक संरचना भत्काइएको छ। केही दिनदेखि सडक किनारमा निर्माण गरिएका अवधै संरचना हटाउने आग्रह गरिएको भए पनि कसैले वास्ता नगरेपछि डोजर चलाउनु परेको महानगरले जनाएको छ।
महानगरले सडक खाली गर्ने, अनधिकृत रुपमा निर्माण भएका संरचना हटाउने कार्य जारी रहेको जनाएको छ।