ललितपुर महानगरले गर्यो पेट्रोल पम्प सिल (तस्वीरहरू)
ललितपुर महानगरपालिकाले लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ।
महानगरले मापदण्डविपरित बनाइएका संरचना हटाउन आग्रह गरेको थियो। पटकपटक आग्रह गर्दा पनि संरचना नहटाएपछि सिल गरिएको मेयर चिरिबाबु महर्जनले बताए।
छलफलमा बोलाएर सम्झाउँदा पनि पेट्रोल पम्प सञ्चालकले नमानेको महानगरले जनाएकाे छ। पेट्रोल पम्प सञ्चालकलाई ६ महीनादेखि संरचना हटाउन आग्रह गरेको मेयर महर्जनको भनाइ छ। पेट्रोल पम्प अतिसंवेदनशील भएकाले त्यहि किसिमको तयारी गरेर हटाइएको उनले बताए।