राष्ट्रिय सभाको बैठक पनि सर्यो
आज बोलाइएको राष्ट्रिय सभाको बैठक पनि तीन दिनपछि सरेको छ।
विशेष कारणले आज बैठक बस्न नसकेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले जनाएका छन्। उनले सूचना प्रकाशित गरी अर्को बैठक भदौ २९ गते बिहान १०ः५९ बजे बस्ने तय भएको जनाएका छन्।
यसअघि शनिबार प्रतिनिधि सभाको बैठक पनि सरेको थियो। प्रतिनिधि सभाको बैठक पनि भदौ २९ गते बिहान ११ बजे बोलाइएको छ।
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको छ। भदौ २५ देखि २७ गतेसम्म सरकारले शोक मनाउने निर्णय गरेको थियो।
जसले गर्दा राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक पनि बस्न नसकेपछि सारिएको हो।