त्यो ‘मेटामोर्फोसिस’ र यो ‘काफ्काको काम सकियो’
सय वर्षअघि नै लेखिएको कथालाई अहिलेको समयसँग घुलमिल गराएर लेखक राजवले ‘काफ्काको काम सकियो’ मार्फत मानवीय मूल्यमाथिको प्रश्न कोट्याएका छन्।
जर्मन उपन्यासकार फ्रान्ज काफ्काले सय वर्षअघि एउटा उपन्यास लेखेका थिए, ‘द मेटामर्फोसिस’। पहिलो पटक सन् १९१५ मा प्रकाशित ‘द मेटामर्फोसिस’कै कथामाथि लेखक राजवले उपन्यास लेखेका छन्, ‘काफ्काको काम सकियो।’
यथार्थ र कल्पनाको बेजोड सम्मिश्रण भएको उपन्यासमा काफ्काको ‘द मेटामर्फोसिस’को पात्र ग्रेगर सम्साको उपस्थितिमा राजवले स्थानीय चरित्र रामदुलार भेडिहर र पर्वतरमण उपाध्याय पौडेलको कथा बुनेका छन्। दुवै पात्र साङ्लोको कल्प लिएर नेपालदेखि अमेरिकासम्म यात्रा गर्छन्। जब उनीहरूको यात्रा पूरा हुन्छ, पुनः मानव कायामा बदलिन्छन्, अनि काफ्काको काम सकियो भन्ने ठहर राजवले गरेका छन्।
नेपाली आख्यान लेखनमा आफ्नो छुट्टै पहिचान बनाएका राजवले यस कथामा क्रुरताबीच याताना सहेर बाँच्न विवश पात्रहरूको प्रतिरोधलाई मुखरित गरेका छन्। उपन्यासमा आजका विचलित मानिसका संघर्ष, पीडा र बेरोजगारीले मुख्य स्थान पाएको छ भने स्वैरकल्पनाले उपन्यासलाई रोमाञ्चक र पठनीय बनाएको छ।
रावजको पात्र रामदुलार भेडिहरले समयको मागअनुसार, पढाइ सकेको छ। एमए गरेका उनी सातौं पटकको प्रयासमा पनि अमेरिकाको भिसा पाउँदैनन्। त्यसपछि आप्mनै गाउँ बाराको वञ्जरिया जाने उपक्रम गरिरहँदा विदेशबाट बोलाहट आउँछ। र, यो बोलाहट अरू कसैबाट नभई उनै उपन्यासकार काफ्काबाट भएको हुन्छ। काफ्काले रामदुलारलाई साङ्लो बनेर अमेरिकी कूटनीतिज्ञको ब्रिफकेसभित्र घुसेर अमेरिका जान सुझाउँछन्।
देशमा गतिलो काम र दाम कमाउन नसकेका उनी जसरी पनि अमेरिका भासिन चाहन्छन् नै। तर, अमेरिका जाने प्रस्ताव पनि सहज थिएन। काफ्काले नै उनलाई सुझाए, आफ्नो उपन्यास पढेर ग्रेगोरलाई भेट्नु।
अमेरिका नै जान पाउने भएपछि केही न केही तयारी त गर्नै प¥यो। रामदुलारले गाउँ पुगेर अमेरिका जाने तयारी अन्तिम चरणमा पुगेको ध्वाँस लगायो। यता जसै उपन्यास पढिसक्यो, उनको मोबाइलमा फोन बज्यो। तारतम्य यसरी मिल्यो की एउटा कूटनीतिक टोलीको बिफ्रकेसमा बसेर साङ्लोरुपी ज्यान लिएर उनी अमेरिका भासिने भए। र, कल्पनशीलताको तानमा बुनिएको तन्तुहरूको तालमेलले उनी अमेरिका पुगेर मान्छै नै भए। आखिर अमेरिका न हो!
कथामा विरहको गीत गाउने अर्का पात्रलाई पनि लेखकले सान्त्वना भावमा उभ्याएका छन्। ती पात्रलाई उनले नाम दिएका छन्, पर्वतरमण उपाध्यय पौडेल।
उनलाई काम र दामको समस्या छ। विदेश जाने उत्कण्ठ चाहना उस्तै। दुई विषयमा एमए गरेका पर्वतरमणलाई पनि काफ्का भेट्न आइपुग्छन्। साङ्लो बनेर अमेरिका जाने उपाय उनलाई पनि सुझाउँछन्। उनीसँग कुनै विकल्प थिएन। रामदुलार झैं पर्वतरमण पनि सपनाको मुलुक जान तयार हुन्छन्।
तर, रामदुलारले जस्तो अरूलाई ढाँटे पनि श्रीमतीलाई ढाँट्न सक्दैनन्। श्रीमती पढेलेखेकी थिइन्। उनले पनि आफ्नो बौद्धिकताले ओतप्रोत भएका उपाय निकालिन्। उनी पनि आखिरमा अमेरिका भासिन्छिन्।
‘बर्मा गए पनि कर्म सँगै’ भने झै अमेरिका पुगे पनि नेपालीले गर्ने भनेको आफ्नै दौंतरी र हितैषीसँगको सम्पर्क र सम्बन्ध हो। दुई पात्र नेपालीको रेस्टुरेन्टमा काम गर्छन्। स्थायी बसोबासको लागि वैध बाटो खोज्न थाल्छन्।
यो कथानक रेखामा पाइने मिठास र आनन्द भनेको काठमाडौंको काठ क्षेत्र र बाराको कलैयाको शसक्त वर्णन हो। सम्वाद उस्तै चाखलाख्दो छ भने परिवेशले पनि पाठकलाई तान्दै लान्छ।
मेटामर्फोसिस भनेको एक अर्थमा परिवर्तन हो। ग्रेगोर साम्सामार्फत उपन्यासकार काफ्काले यान्त्रीकरण र मानवीय मूल्यको ह्रासमाथिको कडा व्यंग्य प्रहार गरेका थिए।
यता राजवले काफ्काको उपन्यासका पात्र मार्फत दुई पठित चरित्रलाई अमेरिका पु¥याएर मानवीय मूल्यमाथिको प्रश्नलाई एकफेर पुनः सतहमा ल्याउने जमर्को गरेका छन्। पुस्तकमा नेपाली मानसिकताको प्रतिनिधित्व छ।
वास्तविक परिवेश, यथार्थ समायिक आख्यानको जगमा कल्पनशीलता र मिथको प्रयोग गरेर लेखिएको ‘काफ्काको काम सकियो’ समय सान्र्दभिक छ।