शेयर बजार दोहोरो अङ्कले ओरालो
शेयर बजार बुधबार पनि दोहोरो अङ्कले ओरालो लागेको छ भने अन्य परिसूचक पनि घटेका छन्।
नेपाल स्टक एक्सचेन्जका अनुसार, बुधबार नेप्से ११.९७ अङ्कले घटेर एक हजार ९३९.८८ बिन्दुमा झरेको छ। यो मंगलबारको तुलनामा ०.६१ प्रतिशतले कम हो।
त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.७० अङ्कले घटेर ३७७.३८ बिन्दुमा झरेको छ। यो मंगलबारको तुलनामा ०.४५ प्रतिशतले कम हो।
आज कारोबार पनि घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार, २२४ वटा कम्पनीको २९ लाख ४३ हजार ७६९ कित्ता शेयर रु. ८२ करोड ६२ लाख ३० हजार ५८३ मा कारोबार भएको छ।
यसै गरी १३ वटा उपसमूहमध्ये एउटाको मात्रै शेयर मूल्य बढेको छ भने १२ वटा उपसमूहको शेयर मूल्य घटेको छ। सामूहिक लगानी कोष ०.७८ प्रतिशतले बढेको छ।