२१ भदौमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्ने तयारी
प्रतिनिधि सभाको २१ भदौमा बस्न लागेको बैठकबाट केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई पारित गर्ने कार्यसूची छ।
दिउँसो १ बजे बस्न लागेको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द्रसाद शर्मा कोइरालाले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफलका लागि सदनमा प्रस्तुत गर्ने, विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने र पारित गरियोस् भन्ने प्रस्ताव राख्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।
सरकारले ल्याएको विधेयकमा ४ मंसीरको निर्वाचनपछि पनि प्रतिनिधि सभा र प्रदेश सभाका पुरानै सांसदहरू पदमा बहाल रहने व्यवस्थाको चौतर्फी विरोध भइरहेको छ। सरकारले विधेयकका विवादित विषय हटाएर पारित गर्छ कि जस्ताको तस्तै, अझै प्रष्ट छैन।
संविधानविद्हरूले भने सांसदहरूको पदावधि थप्दा अनन्तकालसम्म अहिलेकै सांसदहरू रहन सक्ने बताएका छन्।