नेप्सेमा सामान्य सुधार, एक अर्बको कारोबार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार, नेप्से परिसूचक ६.६८ अङ्कले उकालो लागेर एक हजार ९७७.३० मा पुगेको हो। यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५७ अङ्कले उकालो लागेर ३८३.७७ अङ्कमा पुगेको छ।
आज २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता शेयर एक अर्ब सात करोड १६ लाख १५ हजार ९२२ रुपैयाँमा कारोबार भएको छ।
नेप्सेका अनुसार, कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने नौ उपसमूहको शेयर मूल्य उकालो लागेको छ। होटल तथा पर्यटन १६.६१, उत्पादन ८.३५, अन्य १३.१६, सामूहिक लगानी कोष ०.०५ अङ्कले ओरालो लागेका छन्।
यस्तै, ब्यांकिङ १.५५, व्यापार ४.९३, विकास ब्यांक ५५.२४, जलविद्युत् २१.५२, वित्त १०.४६, निर्जीवन बीमा १४७, लघुवित्त २१.६, जीवन बीमा ४६.१९ र लगानी ०.७ अङ्कले उकालो लागेको छ।
आजको कारोबारपछि बजार पूँजीकरण २८ खर्ब ३६ अर्ब २१ करोड ९२ लाख ६२ हजार ३३१ बराबर रहेको छ। नेप्सेका अनुसार, कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ।