किरात एकेडेमी पुरस्कार ढकाल र दिक्पाललाई प्रदान, चाम्लिङलाई सम्मान
लेखकद्वय विप्लव ढकाल र राजकुमार दिक्पाललाई किरात एकेडेमी पुरस्कार प्रदान गरिएको छ।
किरात एकेडेमीले स्थापना गरेको पुरस्कार ढकालको भोजपुरको वाङ्मय र दिक्पालको आदिवासी विद्रोहको इतिहासलाई प्रदान गरिएको हो। पुरस्कारको राशि ५० हजार रहेको छ।
यस्तै, मुन्धुम अध्येता एवं मुन्धुमका भौतिकवादी व्याख्याता भोगीराज चाम्लिङलाई किरात एकेडेमी सम्मान प्रदान गरिएको छ।
नेपाल प्रज्ञा-प्रतिष्ठान काठमाडौंमा आयोजित किरात एकेडेमी सम्मान तथा पुरस्कार अर्पण समारोहमा प्राध्यापक अभि सुवेदीले पुरस्कार तथा सम्मान हस्तान्तरण गरेका हुन्।
यसअघि युग पाठकको उर्गेनको घोडा र झलक सुवेदीको ब्रिटिस साम्राज्यको नेपाली मोहोराले किरात एकेडेमी पुरस्कार पाएको थियो।