यतीको नयाँ उत्पादन ‘८८४८ राइ भोड्का’ बजारमा
यती डिस्टिलरी प्रालि नयाँ उत्पादन ‘८८४८ राइ भोड्का’ बजारमा ल्याएको छ।
नयाँ राई भोड्का पोल्यान्डमा उब्जिएको अन्न राईबाट पाँच पटक डिस्टिल गरी बनाइएकाले पहिलोको भन्दा नयाँ स्वाद रहेको कम्पनीले जनाएको छ। भोड्काको बाहिरी आवरणमा छिरिङ शेर्पाको चित्रकलाले सजिएको छ।
कम्पनीका प्रबन्ध निर्देशक अभिषेक श्रेष्ठले नयाँ भोड्का भदौ १७ गतेबाट बजारमा उपलब्ध हुन थालेको बताए। भोड्का पारखीको स्वाद वृद्धिका लागि नयाँ भोड्का ल्याइएको श्रेष्ठको भनाइ छ।
शेर्पासँगको सहकार्यले नेपालका एक उल्लेखनीय कलाकारलाई आम समाजमा अगाडि ल्याउन पाउदा खुशी लागेको उनले बताए। “हाम्रो नयाँ ८८४८ राइ भोड्का केही फरक र अर्थपूर्ण बनाउनु पर्छ भन्ने हाम्रो सोच थियो,” श्रेष्ठले भने, “त्यसैले शेर्पाको चित्रकलाको प्रयोग गरिएको हो।”
यो भोड्का यसअघिको ८८४८ भोड्का भन्दा २५० रुपैयाँ महँगो रहेको छ।